ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुराका १२ वर्षीय निराजन बने विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो


एबीसी / संवाददाता
१६ भदौ २०७८, बुधबार   ६ : ३२   बजे

काठमाडौँ,  १६ भदौ
डडेल्धुरामा अध्ययनरत निराजन द्वारीया विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो बनेका छन्। विश्व हस्तलेखन प्रतियोगिताको मुख्यालयले आयोजना गरेको प्रतियोगितामा उनी द्वितीय बनेका हुन्।

डडेल्धुराको माउन्टेन मावि बागबजारमा कक्षा ९ मा अध्ययरत १२ वर्षीय उनको घर डोटीको दिपायल सिलगढी नगरपालिका–३ हो। उनका बुवा लोक द्वारीयाका अनुसार विश्व हस्तलेखन प्रतियोगिता मुख्यालयका प्रतिनिधि विद्यालयमै पुगेर निराजनको लेखन नमूना संकलन गरेर लगेका थिए। ‘१५२ देश सहभागी बनेको प्रतियोगिताको ८–१२ उमेर समूहमा छोरा दोस्रो बनेका हुन। हरेक वर्ष अमेरिकाको न्यूयोर्कमा रहेको मुख्यालयले बोलाएरै पुरुस्कार वितरण गर्ने गरेको थियो। तर यसपालि कोरोना महामारीका कारण अक्टोबरमा प्रमाणपत्र वितरण गर्ने भनेको छ’ उनले भने।

कक्षा नर्सरीदेखि नै कक्षामा प्रथम भइरहेका निराजन निकै अध्ययनशिल रहेको बुवा लोकले बताए। निराजनका बुवा लोक विगत २० वर्षदेखि डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका छन्। उनकी आमा पनि डडेल्धुराकै एक विद्यालयकी शिक्षिका हुन्।

उक्त प्रतियोगितामा बंगलादेशका एनियो विश्वास रैयान प्रथम भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group