ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो शरीरमा भिटामिन डी को अभाव हुँदा देखिने यि पाँच संकेत


एबीसी / संवाददाता
१७ भदौ २०७८, बिहिबार   २ : २३   बजे

काठमान्डौ १७ भदौ:

मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पी(डित हुनुपर्छ ।

तपाईं–हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ । शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन् जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ । हेर्नुहोस् शरीरमा भिटामिन डीको कमी हुदाव देखिने यी पाचँ संकेत

१ दुखाइ शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन । विभिन्न कारणले हड्डी दुख्न सक्छ । यो सबै उमेरका मानिसमा हुन सक्छ तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ । लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ । यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको अवस्थाको परीक्षण गर्नुपर्छ ।

२ पसिना धेरै आउनु गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ । कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो । यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन । तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ । शरीरमा भिटामिन डीको कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ । यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ ।

३ डि(प्रेसन यदि शरीरमा भिटामिन डीको धेरै कमी भएको छ भने मुडलाई समेत असर गर्न सक्छ । यस्तै, भिटामिन डीको कमीकै कारण डि(प्रेसन हुन पनि सक्छ । यदि समयमै यसको उपचार नगरिए यसले अरू ठूलो समस्या निम्त्याउन पनि सक्छ । त्यसैले शरीरमा भिटामिन डीको अवस्थाबारे नियमित परीक्षण गरिरहनुपर्छ ।

४ अनपेक्षित कमजोरी शरीरमा भिटामिन डीको कमी भएको छ भने पनि अनपेक्षित रूपमा कमजोरी महसुस हुने गर्छ । शरीरको मसल्स फिट राख्न शरीरमा भिटामिन डी पर्याप्त हुन आवश्यक छ । यसले सामान्य चेटपटकबाट समेत बचाउँछ । अध्ययनहरूले यो देखाएको छ कि थप भिटामिन डी लिँदा भिटामिन डीकै कमीका कारण कमजोर भएको मसल्स ६ महिनामै फेरि पुरानै अवस्थामा फर्कनेछ ।

५ कमजोर हड्डी भिटामिन डीले मानव शरीरमा रहेको हड्डीलाई बलियो र स्वस्थ्य बनाइराख्ने काम गर्छ । यदि शरीरको कुनै पनि हड्डी भाँ(च्चियो भने, सम्झनुहोस् शरीरमा भिटामिन डीको कमी भएको छ । शरीरमा भिटामिनट डीको कमी भएका कारण हड्डीमा यस्तो समस्या आउन सक्छ । वृद्धवृद्धाहरूमा यो समस्या अझै बढी हुन सक्छ । विशेष गरी बढी उमेरका मानिसले शरीरमा भिटामिन डीको मात्रा आवश्यकअनुसार रहे–नरहेको निश्चित गर्न आवश्यक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group