डोटी, १९ पुस । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै सडकमा उत्रिएको आन्दोलनकारीले डोटीमा एक मोटरसाइकलमा आगजनी गरेको छ ।
आन्दोलनकारीको समूहले डोटीमा यातायात बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सदरमुकाम सिलगढीमा एउटा मोटरसाइकलमा आगजनी गरेको हो । आगजनी बाट मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आगजनीबाट जलेको मोटरसाइकलको नम्बर भने नखुलेको प्रहरीले जनाएको छ । राजधानी दिपायल हुनु पर्ने माग गर्दै जिल्ला सदरमुकाम सिलगढी पनि बुधबार बिहानैदेखि ठप्प गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्