ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हड्डि खिइने समस्याबाट बच्न के खाने ?


एबीसी / संवाददाता
२३ भदौ २०७८, बुधबार   १० : १४   बजे

काठमाडौं । शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक–फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु पैदा हुन्छ भने केही गम्भीर रोगहरु अर्थराइटिस, रिकेट्स र अस्टियोपोरोसिस आदि लाग्ने सम्भावना पनि हुन्छ ।

व्यस्त जीवनशैलीका कारण मानिसहरु शारीरिक रुपमा सक्रिय रहँदा भिटामिन डीको कमि हुन जान्छ । भिडामिन डीको प्रमुख स्रोत सूर्यको किरण हो । तर, यसको कमि हुन नदिन विभिन्न प्रकारका खानेकुराको सेवन गर्न सकिन्छ । द नर्थ अमेरिकी मेनोपज सोसाइटीको जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन डीयुक्त खानेकुराले मधुमेहको खतराबाट बचाउँछ । एक अध्ययनका अनुसार भिटामिन डीले फोक्सोमा पाइने ट्युबरक्लोसिस ब्याक्टेरियासँग पनि लड्न मद्दत गर्छ ।

अण्डा
अण्डा पोषक तत्वले भरपुर हुन्छ । यसमा प्रोटिन, भिटामिन डी, क्याल्शियम र अन्य थुप्रै प्रकारका मिनरल्सले भरिपूर्ण हुन्छ । यसलाई बिहानको नास्तामा खाने गर्नुपर्छ ।

दही
दहीमा ८१ प्रतिशत पानी हुन्छ । यसलाई पचाउन निकै सहज हुन्छ । यो भिटामिन डीको राम्रो स्रोत हो ।

दूध
दूध पिउने गर्नुपर्छ । दूधमा क्याल्शियम र भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।

च्याउ
च्याउ भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो । यो शरीरका अन्य अंगहरुका लागि पनि निकै फाइदाजनक हुन्छ ।

पालक
पालकमा प्रोटिन, भिटामिन डी जस्ता तत्वहरु पाइन्छ । यसको सेवनले शरीरमा भिटामिन डीको कमि पूरा हुन्छ ।

पनिर
पनिर पनि भिटामिन डी र क्याल्शियमको प्रमुख स्रोत हो । यसको सेवनले हड्डी र मांसपेशीहरु मजबुत गर्छ ।

सोयाबीन
सोयाबीनमा प्रोटिन, क्याल्शियम, भिटामिन डी, ओमेगा–३ फ्याटी एसिड, आइरन, भिटामिन बी, जिंक, फोलेट, सेलेनियम आदि पदार्थहरु पाइन्छ । यसले हड्डीहरु मजबुत बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

तपाईंलाई ८ घण्टा सुत्ने आवश्यकता नहुन सक्छ

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu