ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : निर्देशक घिसिङ


एबीसी / संवाददाता
३ आश्विन २०७८, आइतबार   ५ : १७   बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताउनुभयो । “उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ” उहाँले भन्नुभयो, “हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुप¥यो ।”निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएको उहाँको भनाइ छ ।

चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिङ्गल सर्किटबाट ९० मेघावाट मात्रै विद्युत् पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेघावाट विद्युत् बुटवलसम्म पु¥याउन सकिने उहाँको भनाइ छ । नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उहाँले बताउनुभयो । निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगञ्जसम्म विद्युत् लोड बढाउन आफूहरु लागि परेको बताउँदै यसका लागि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चाँडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

तामाकोशी परियोजनाबाट अहिले दुई हजार मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुँदा भरतपुरदेखि पश्चिम जान नसकेको जानकारी दिदैं उहाँले विद्युत्को खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । निर्देशक घिसिङले पेट्रोलभन्दा धेरै सस्तोसमेत पर्ने भएकाले यसको प्रयोग बढाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको बताउँदै ठाउँ उपलब्ध गराए नवलपरासी पूर्व नवलपुर क्षेत्रमा समेत चार्जिङ स्टेशन निर्माण गर्न सकिने उललेख गर्नुभयो । यसै क्रममा नवलपुरको बोझा पोखरीमा सव स्टेसन निर्माणमा ढिलाइ भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सो अवसरमा निर्देशक घिसिङले सव स्टेन चाँडै सक्न आफूले पहल गर्ने र बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । प्रसारण लाइनको नवलपुरमा १९३ वटा टावर पर्दछन् । तीमध्ये १९१ वटा टावर बनिसकेको र अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसकेको उहाँले बताउनुभयो । स्थानीयस्तरबाट प्रसारण लाइन निर्माण हुने समस्या समाधानका लागि आफू लागिरहेको प्रमुख जिल्ला अधिकारी पङ्गेनीले बताउनुभयो । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत भरतपुर पश्चिममा २४६ र पूर्वमा २२६ वटा टावर रहेका छन् । फागुन सम्ममा भरतपुर पूर्वको काम सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu