ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस महाधिवेशन : नयाँ र पुराना दुवै पुस्ताको प्रतिस्पर्धा


एबीसी / संवाददाता
४ आश्विन २०७८, सोमबार   १ : ३१   बजे

काठमाडौं । नेपाली काँग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ । त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको छ । यही असोज ९ गते गाउँ तथा नगर अधिवेशनको तयारी छ । त्यसका लागि उम्मेदवार बन्ने र घोषणा गर्ने होड चलिरहेको छ ।

यस अधिवेशनबाट जिल्लामा १० पालिकाका १० सभापतिसहित पदाधिकारी चयन हुनेछन् । हरेक उम्मेदवारीमा सदरमुकाम आइपुग्ने धेरै नेता तथा कार्यकर्ता वडा तहको अधिवेशनले खपत हुने सम्भावना छ । त्यसपछि सुरु हुने क्षेत्रीय अधिवेशनमा पनि प्रदेश क्षेत्रका चार र सङ्घ क्षेत्रका दुई गरी छ जना सभापतिसहित पदाधिकारी, महाधिवेशन प्रतिनिधिसमेत हुनेछन् । अन्त्यमा जिल्लामा सभापतिसहित पदाधिकारीका लागि आइपुग्दा धेरै कार्यकर्ताले अवसर पाइसकेका हुनेछन् । त्यसले काँग्रेस कार्यकर्ताको ठाउँ र योग्यताअनुसारको पदस्थापन हुने सम्भावना बढेको छ ।

सङ्घीयतापछिको पहिलो अधिवेशन भएकाले केही नौलो, अलमल र ढिलाइ भए पनि यस अधिवेशनले काँग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको कार्यकर्ता बताउँछन् । “अब धेरै मानिसले अवसर पनि पाउँछन्, काँग्रेस चलायमान पनि हुन्छ”, काँग्रेस कोषाध्यक्ष उमेश गौतमले भन्नुभयो, “अवसर पाएपछि कसले के काम गर्न सक्छ भन्ने देखाउनेबेला पनि हुनेछ ।”

सभापतिको उम्मेदवारी घोषणा गर्नेक्रम सुरु

आसन्न अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाको सभापति तथा पदाधिकारीको उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ । नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्माले नेपाली काँग्रेस बागलुङ नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल तरुणदलको नेतृत्व सम्हाल्नुभएका शर्माले भ्रातृ सङ्गठन हुँदै पार्टीको नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

जैमिनी नगरपालिकामा हालकै सभापति काशीराम आचार्यले फेरि उम्मेदवारी घोषणा गर्नुभएको छ । सभापतिकै लागि विद्यार्थी नेता विष्णुराज पौडेल र प्रेमप्रसाद सापकोटाले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । युवा नेता पुरण श्रीष र पूर्वशिक्षक तथा अहिले वडा नं २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको पनि उम्मेदवारी घोषणा भएको छ । केही पुराना र केही युवा नेताको सभापतिमा रसाकस्सी छ । युवाले पनि दाबी गरेकाले काँग्रेस राजनीतिमा नयाँ तरङ्गसमेत देखिएको छ ।गलकोट नगरपालिकामा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । वडा नं ३ का अध्यक्ष तथा हालका नगर सचिवसमेत रहनुभएका युवा नेता वीरजंग भण्डारी र वडा नंं ५ का अध्यक्ष नारायणध्वज मल्लले उम्मेदवारी घोषणा गर्नुभएको हो । भण्डारी युवा हुनुहुन्छ भने मल्ल पाको उमेरका नेता हुनुहुन्छ ।

ढोरपाटन नगरपालिकामा भने सार्वजनिकरुपमा उम्मेदवारी घोषणा गरिएको छैन । गाउँपालिकातर्फ पनि कार्यकर्ताले उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । क्षेत्रीय सभापतिमा पनि केही उम्मेदवार देखिन थालेका छन् । बागलुङ क्षेत्र नंं १ तर्फ खड्ग थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । युवा नेता थापा विद्यार्थी राजनीतिबाट आउनुभएको हो । क्षेत्र नं २ मा गण्डकी थापा, जोकलाल बुढालगायतले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । महाधिवेशनले युवामा जागरण र पाको पुस्तामा नेतृत्व पाउने चुनौती थपिएको काँग्रेस वृत्तमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा–काठमाडौं सडकमा बढ्यो सवारी चाप, अत्यावश्यक सवारीलाई प्राथमिकता दिँदै प्रहरी सडकमा

भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि होटल व्यवसायी रवि धितालको टोलीद्वारा १ करोड ११ लाख सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जर्मनीका डिफेन्डर रुडिगरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

हेटौँडा–काठमाडौं सडकमा बढ्यो सवारी चाप, अत्यावश्यक सवारीलाई प्राथमिकता दिँदै प्रहरी सडकमा

भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि होटल व्यवसायी रवि धितालको टोलीद्वारा १ करोड ११ लाख सहयोग

Iran Fisherwoman’s Life Disrupted by War Uncertainty

US Seeks Extradition of Gaza Donor James ‘Fergie’ Chambers

Faster Homework, Poor Exam Results: The Impact of AI on Student Learning

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu