ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० हप्तामा कोरोनाका तीनथरी खोपका पाँच डोज लगाएपछि…..


एबीसी / संवाददाता
४ आश्विन २०७८, सोमबार   ८ : १२   बजे

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप धेरैले पाइरहेका छैनन् । खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच डोज लगाइसकेका छन् । ब्राजिलको शहर रियो दे जेनेइरोका अधिकारीले एक स्थानीय व्यक्तिले यति कम समयमा पाँच डोज भ्याक्सिन कसरी लगाउन सफल भए भनेर अनुसन्धान थालेका छन् ।

आधिकारिक रेकर्डका अनुसार नाम नखुलाइएका एक व्यक्तिले मे महिनादेखि कोभिड–१९ भ्याक्सिन लगाउन सुरु गरे । थप अर्को खोप लगाउन गएका बेला उनलाई खोप केन्द्रका एक कर्मचारीले चिनेपछि उनको ‘भ्याक्सिनेसन म्याराथन’ बारे पत्ता लागेको हो । ब्राजिलियन मिडियाले प्राप्त गरेको रेकर्डका अनुसार ती व्यक्तिले पहिलो पटक मे १२ मा फाइजरको खोप लगाएका थिए । जुन ५ मा एस्ट्राजेनेकाको दोस्रो डोज लगाएका उनले जुन १७ मा कोरोनाभ्याकको दोस्रो डोज लगाएका थिए । साथै, उनले फाइजरको दोस्रो डोज जुलाई ९ मा लगाएका थिए भने २१ जुलाईमा कोरोनाभ्याकको पहिलो डोज हानेका थिए । छैटौं डोज उनले के को हान्न लागेका थिए भनेर स्पष्ट जानकारी प्राप्त छैन । अडिटीसेन्ट्रल अनुसार सुरुमा ती व्यक्तिको भ्रमित पारिदिने कोभिड–१९ भ्याक्सिनेसन रेकर्ड अनलाइनमा हुने गल्ती हो कि ठानिएको थियो तर ग्लोबोका अनुसार रियोको महानगरीय स्वास्थ्य विभागले गरेको अनुसन्धानले यो रजिस्ट्रेशनसम्बन्धि समस्या नभएको स्पष्ट पारेको छ ।

ती व्यक्तिले दोस्रो डोज लगाउनु अघि पहिलो डोज लगाएका थिए थिएनन् भन्ने पनि जानकारीमा उल्लेख छैन । उनले खोप केन्द्रमा भएका व्यक्तिलाई जे भनिदिए, उनीहरुले त्यसैलाई आधार माने । ‘ती व्यक्तिले लगाएको खोपको विवरण सिस्टममा अपडेट गर्न नसक्दा यस्तो भएको हो वा यसमा अन्य पनि कारण छन् किभनेर अनुसन्धान भइरहेको छ,’ रियो महानगरीय स्वास्थ्य विभागले एक वक्तव्यमा भनेको छ । यो खबर यस्तो समयमा प्रकाशित भएको हो जब ब्राजिल खोपको चरम अभावसँग जुधिरहेको छ । यहाँका लाखौं मानिस खोपको पहिलो डोज नै कुरेर बसेका छन् । केही व्यक्तिले खोपको तेस्रो डोज लगाएको खबर ब्राजिलका मिडियाले यदाकदा प्रकाशित त गरेका थिए तर पाँच डोज भ्याक्सिन लगाएको यो घटना पहिलो हो । ६ डोज लगाएका व्यक्तिको स्वास्थ्य स्थिति कस्तो होला भनेर जान्न मन लागेको भए, उनी सामान्य स्थितिमा भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group