ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबल संस्थाहरूबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ – नेपाल


एबीसी / संवाददाता
७ आश्विन २०७८, बिहिबार   ८ : ४४   बजे

काठमाडौं । नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औँल्याउँदै देशको संविधानमा नै भेदभाव, असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा रोमानियाले अप्रत्यक्षरूपमा आयोजना गरेको लोकतान्त्रिक समुदायको दशौँ मन्त्रीस्तरीय सम्मेलनलाई अग्रिमरूपमा अभिलेख गरिएको भिडियो सम्बोधनमा परराष्ट्र सचिव भरतराज पौड्यालले लैङ्गिक समानता प्रवद्र्धनलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । नेपालको सङ्घीय, प्रान्तीय तथा स्थानीय निकायमा ४१ प्रतिशत निर्वाचित पदाधिकारी महिला रहेका जानकारी दिँदै समावेशी, सहभागितामूलक, न्यायपूर्ण लोकतान्त्रिक शासन व्यवस्थामा नै राजनीतिक अतिवाद, आर्थिक कटौती, विपत्ति र कोरोना कोभिड–१९ जस्ता महामारीको डटेर सामना गर्न सकिने बताउनुभयो ।

उहाँले लोकतन्त्रका अन्तर्निहित गुण नै विवाद, असहमति, मतभिन्नताको समुचित व्यवस्थापन गर्दै सहनशीलता र सबै नागरिकको सम्मानको प्रवद्र्धन पनि लोकतान्त्रिक समाजमा हुने गरेको उल्लेख गर्नुभयो । मन्त्रीस्तरीय घोषणापत्र अनुमोदन गर्दै सम्मेलन आजै समापन भएको छ । नेपाल लोकतान्त्रिक समुदायको सदस्य राष्ट्र हो । सो समुदायको अध्यक्षता रोमानियाले गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले आजै नेपालसहित पाकिस्तान, रुसी महासङ्घ, ताजिकिस्तानलगायत राष्ट्रसङ्घीय निकायहरूले संयुक्तरूपमा आयोजना गरेको बरफ र हिउँबाट जलको प्राप्ति तथा त्यसले समाजमा पारेको प्रभाव विषयको अप्रत्यक्ष बैठकलाई सम्बोधन गर्नुभयो ।

अर्बौको जनसङ्ख्यालाई स्वच्छ जल उपलब्ध गराउने पर्वत र पारिस्थितिकीय प्रणालीको संरक्षण राष्ट्रिय, क्षेत्रीय र विश्वस्तरमा नै हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस अवसरमा उहाँले जलवायु परिवतनका असर नेपालमा पनि परेको कटु यथार्थ प्रस्तुत गर्दै हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिनुभयो । हरितगृह ग्यास उत्सर्जन घटाउने दिशामा नेपालले आफ्नो भूमिका पूर्णप्रतिबद्धताका साथ पालना गर्ने दृढता पनि राजदूत राईले व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group