भक्तपुर, २० पुस । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले तत्काल नयाँ सरकार गठन नहुने बताएका छन् । नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न वाम गठबन्धनले दवाव दिइरहेका बेला कांग्रेस नेता खड्काले तत्काल नयाँ सरकार गठन गर्न सकिने अवस्था नरहेको तर्क गरेका हुन् । विहीबार भक्तपुरमा एक कार्यक्रममा बोल्दै नेता खड्काले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्रै संघीय संसदले पूर्णता पाउने र नयाँ सरकार गठन प्रक्रिया सूरु हुने बताए ।
कांग्रेस नेता खड्काले सरकारले संवैधानिक व्यवस्था अनुसार आफ्नो काम गर्दै जाने पनि स्पष्ट पारे । उनले प्रदेश प्रमुखको नियुक्ती गर्ने छुट सरकारलाई संविधानले नै दिएकाले त्यसको विरोध नगर्न पनि विपक्षीसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्