ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले प्रतिनिधिले भने– कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने वा ७० वर्षे उमेर हदमध्ये एउटा मात्रै राख्नुपर्छ


एबीसी / संवाददाता
१६ आश्विन २०७८, शनिबार   ६ : ३४   बजे

काठमाडौं । नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट पार्न नेतृत्वलाई सुझाव दिएका छन् । त्यस्तै, पार्टीमा ७० वर्षे उमेर हद लगाउने र सदस्यहरूले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्थामध्ये एक मात्र लागू गर्ने नीति लिनुपर्ने बताएका छन् ।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा हिजो अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलबाट विधान संशोधन प्रस्तावमा आज १० वटै समूहले छलफल गरी सुझाव प्रस्तुति दिएका हुन् । विभाग र केन्द्रीय निकायको तर्फबाट समूहमा उठेका छलफलको निष्कर्ष भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको थियो । उहा“ले समूहमा अमेरिकास“ग नेपाल सरकारले गरेको एमसीसी सम्झौताबारे पार्टीको धारणा प्रष्ट पार्नुपर्ने धारणा आएको बताउनुभयो । ’एमसीसीको बारेमा पार्टीको एउटा धारणा आउनुपर्छ भनेर प्रतिनिधिहरूले कुरा उठाएको ढकालको भनाइ थियो । त्यस्तै, विधान महाधिवेशनको दोस्रो दिन शनिबार भएको समूहगत छलफलमा प्रतिनिधिहरूले कार्यकारी पदमा दुई कार्यकाल बस्ने र ७० वर्षे उमेर हद लगाउनेमध्ये एउटा नीति मात्रै लिनुपर्ने उनीहरूले धारणा प्रस्तुत गरेका हुन् । कर्णाली प्रदेशबाट समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै गोरख बोगटीले निष्कर्ष सुनाउ“दै प्रत्येक जिल्लाबाट कम्तीमा एउटा केन्द्रीय सदस्य हुने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

बोगटी समूहको छलफलबाट ’७० वर्षे वा दुई वर्षे कार्यकाल भन्ने व्यवस्था राख्नुपर्ने भन्ने निष्कर्ष आएको बोगटीले बताउनुभयो । २ कार्यकाल भन्नुप¥यो कि ७० वर्षे राख्नुप¥यो, दुवै राख्दा अप्ठ्यारो हुन्छ’ बोगटीले भन्नुभयो । उक्त समूहका सदस्यहरूले संघीय मन्त्रिपरिषद्मा ५० प्रतिशत विज्ञ र ५० प्रतिशत जनप्रतिनिधि नियुक्त गर्ने व्यवस्थाको नीति लिनुपर्ने पनि बताएका छन् । लुम्बिनी प्रदेश समूहको छलफलको निष्कर्षसुनाउ“दै लिलानाथ गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने नीति पार्टीले लिनुपर्ने, सरकार र पार्टीबीच अन्तरसम्बन्ध कस्तो हुने भन्ने नीति लिनुपर्ने, पार्टीभित्र देखिएको सांस्कृतिक विचलन बारे ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीमा व्यक्ति नभएर विधि स्थापित हुनुपर्छ भन्ने धारणा पनि लुम्बिनी प्रदेशबाट आएको विधान महाधिवेशन प्रतिनिधिले राखेका छन् । प्रदेश कमिटी बढिमा १५१ सदस्यीय बनाउनुपर्ने, विभाग २१ जनाको हुनुपर्ने सुझाव लुम्बिनी प्रदेशको समूहगत छलफलबाट आएका बताइएको छ ।

१० वटै टोली नेताले सुझाव प्रस्तुत गरिसकेपछि आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनुहुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी रहेको बताइएको छ । विधान महाधिवेशन आइतबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group