ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन– प्रधानमन्त्री


एबीसी / संवाददाता
२० आश्विन २०७८, बुधबार   २ : ४२   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसंग सम्झौता नगर्ने संगठन भएको बताएका छन् ।नेपाल प्रहरी कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको प््रधानमन्त्रीको भनाइ छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नया“ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई सुझाव दिनुभयो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खा“णले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागेको बताउनुभयो । व्यावसायिक, जुझारु र आ“टिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरीको अविच्छिन्न अस्तित्व रहेको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री देउवाले पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डंगोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो । समरोहमा प्रधानमन्त्री देउवाले अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu