ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश जबराका जेठान बने आपूर्तिमन्त्री


एबीसी / संवाददाता
२२ आश्विन २०७८, शुक्रबार   ५ : २०   बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको १६ मन्त्रीको सूचीमा उनको नाममा रहेको स्रोतले पुष्टि गरेको छ । मन्त्रिपरिषद् विस्तार गर्नुपूर्व कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा बोल्दै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‍मा भाग खोजेको सत्य नभएको दाबी गरेका थिए ।प्रधानन्यायाधीश जबराले पनि केहीदिन पहिले मन्त्री नमागेको दाबी गरेका थिए । तर हमाल, प्रधानन्यायाधीश जबराकै कोटामा मन्त्री बनेको पर्याप्त आधारहरु छन् ।

पहिलो, हालै मात्र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्यायाधीश जबराले हमाल शेरबहादुर सरहको कांग्रेसको नेता भएको दाबी गरेका थिए । तर न उनी शेरदबहादुर सरहका नेता हुन्, न सक्रिय राजनीतिमा छन् । देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति बनेका उनी पछिल्ला वर्षहरुमा कांग्रेसको सक्रिय राजनीतिमै छैनन् ।

दोस्रो, २०७४ को आम चुनावमा दोस्रो भएको कांग्रेस लामो समय प्रतिपक्षमा रह्यो । संसद विघटनका कारण साबिकको सत्तारुढ नेकपामा आएको विभाजनसँगै सरकारको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसमा अधिकांश सांसद आकांक्षी छन् । रामचन्द्र पौडेल समूहले तीन मन्त्रालय मागेको थियो, स्वयंम देउवा समूहमा रहेका सांसदहरु मन्त्री बन्न दौडधुपमा थिए । उनीहरु सबैलाई छाडेर पार्टी राजनीति र संसदमा नभएका हमाललाई मन्त्री बनाइएको छ । यसले पनि उनी कांग्रेसको होइन, प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनेको हो भन्ने प्रष्ट हुने सत्तारुढ दलका सांसदहरु नै बताउँछन् ।

तेस्रो, मन्त्री बन्न लागेका हमाल, प्रधानन्यायाधीश जबराका नातेदार अर्थात जेठान हुन् । हमाल जबराकी पहिलो पत्नी जसको मृत्यु भइसक्यो की दाइ हुन् । जबरालाई न्यायाधीश र प्रधानन्यायाधीश बनाउन उनले लबिङ गरेका थिए । त्यसको गुन तिर्न पनि उनले मन्त्री बनाउन खोजेका हुन् । चौथो, हमाल, प्रधानन्यायाधीशकै कोटामा मन्त्री बनेको अर्को आधार भनेको मागेकै मन्त्रालय पाउनु पनि हो । ५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागवण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयंम सत्तारुढ दलका नेताहरु बताउँछन् । यद्यपि दाइ भाइराजासँग देउवाको निकट सम्बन्ध र मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पारिवारिक नाता हुनुले पनि हमाललाई सहज भएको बताइएको छ । संविधानको धारा ७८ अनुसार मन्त्री बनेका उनी ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्नेछ । नभए स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group