ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्धारा वेष्ट इण्डिज १ सय ५ रनले पराजित


admin
१२ असार २०७४, सोमबार   ४ : ०१   बजे

काठमाडौ, १२ असार । वेष्ट इण्डिजसँगको दोश्रो एकदिवसीय क्रिकेट भारतले १ सय ५ रनले जितेको छ ।
आइतबार राति भएको खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई २ सय ५ रनमा रोक्दै भारतले १ सय ५ रनको जित हात पारेको हो । पानी परेपछि ४३ ओभरमा छोट्याइएको खेलमा वेष्ट इण्डिजले ६ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । उसका शइ होपले ८१ रन बनाए । भारतका कुलदीप यादवले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले अजिन्क्या रहानेको शतकको मद्दतमा ४३ ओभरमा ५ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । भारतका अजिन्क्या रहानेले १ सय ३, कप्तान विराट कोहलीले ८७ र शिखर धवनले ६३ रन बनाएका थिए । जितस“गै भारतले ५ एकदिवसीय खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण बिना नतिजा सकिएको थियो । यस्तै दक्षिण अफ्रिकास“गको ट्वेण्टी–ट्वेण्टी क्रिकेट श्रृंखला इंग्ल्याण्डले २–१ ले जितेको छ । आइतबार राति भएको दोश्रो खेलमा १९ रनले जित्दै इंग्ल्याण्डले श्रृँखला जितेको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिणफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले डेभिड मलानको विष्फोटक ब्याटिङ मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । मलानले ४४ बलमा १२ चौका र २ छक्का मद्दतले ७८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu