ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेमौसमी वर्षाको असर : आन्तरिक पर्यटकको विजोग


एबीसी / संवाददाता
४ कार्तिक २०७८, बिहिबार   ३ : ४७   बजे

काठमाडौं । परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो । मङ्गलबार बिहान जोमसोमदेखि हिँडेका उहाँको टोली बुधबार राति बेनी आएको थियो ।

“मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पीडा र सास्तीले बिर्सायो,” उहाँले भन्नुभयो, “लगातारको वर्षा र जीर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो ।” पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारांै यात्रुले दैनिकजसो सास्ती पाएका छन् । साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवतजावत हुन सक्दैनन् ।

मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोख्नुभयो । “जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवतजावतको व्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको विजोज भएको छ,” ललितपुरका दीपक विष्टले भन्नुभयो, “फसेको गाडी तान्न रु एक हजार तिर्नुप¥यो । होटल व्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन् ।”

दसँै लगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुःखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ । बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो ।

मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो । ‘‘दसैँको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुख पाइयो,’’ पोखराका तिलक पौडेलले भन्नुभयो ‘‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ ।’’

‘‘मनसुन सफा नभइ मुस्ताङ आउने हतारो नगरौं,’’ विराटनगरका हरि शर्माले भन्नुभयो,‘‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ ।’’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइँठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो । रुप्से र बेगखोलामा बाढी आउदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले जानकारी दिनुभयो । सीमित प्रहरी र स्थानीयवासीले मात्र जाम खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ प्याकेज बनाइ नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न रु दुई अर्ब ४९ करोड लागतमा सडक विस्तारको काम गरिरहेको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरेपनि निरन्तरको वर्षा, प्रतिकूल भूगोल र सवारीसाधनको अत्याधिक चापले समस्या भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group