ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा भाँडभैलो मच्चिइरहँदा एकीकृत समाजवादी भन्छ– हाम्रोमा एक महिनामै अभूतपूर्व उत्साह देखियो


एबीसी / संवाददाता
६ कार्तिक २०७८, शनिबार   ६ : ३७   बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठन भएको एक महिनामै पार्टी निर्माणकार्यमा अभूतपूर्व उत्साह देखिएको ठहर गरेको छ । पार्टीका तर्फबाट प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शनिवार एक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यो अवधीमा देशभरका कमिटी एवं जनसंगठनको विभिन्न तहका कमिटीमा लाखौं युवा संगठित हुने लहर चलेको दावी गर्नुभएको छ । नेकपा (एमाले) बाट विद्रोह गरी गठन भएको यस पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो ।

त्यसयता केन्द्रीय कमिटीलाई पूर्णता दिने र सम्पूर्ण प्रदेश तथा प्रदेश स्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएको प्रगति विवरणमा जनाइएको छ । त्यसैगरी केन्द्रीय आयोग र निकायहरु गठन भइसकेको, केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएको कुरालाई प्रगति विवरणमा समेटिएको छ । यसबीचमा देशका ७३ भौगोलिक जिल्ला र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरु गठन भएको नेकपा एसले जनाएको छ । अहिले संघीय तथा प्रदेश स्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रियाले तीव्रता पाएको भन्दै प्रगति विवरणमा विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चहरुको गठनकार्य जारी रहेको जनाइएको छ । यसबीच, हाम्रो पार्टीका चार जना संघीय सांसदले संघीय सरकारको मन्त्रिपरिषद्मा सहभागिता जनाएको र एकजना राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएको विवरणमा उल्लेख छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व नेकपा एसले गर्ने सहमति पँ“च दलीय गठबन्धनको बैठकले गरिसकेको उललेख गर्दै राष्ट्रिय राजनीति तथा राष्ट्रिय जनजीवनका हरेक क्षेत्रमा पार्टीको उपस्थिति, चासो र क्रियाशीलता दिनप्रतिदिन बढ्दो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu