ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय निजामती ऐन अगाडि बढ्छ – मन्त्री पौडेल


एबीसी / संवाददाता
१३ कार्तिक २०७८, शनिबार   ५ : २८   बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसद्मा रोकिएको सङ्घीय निजामती ऐन अगाडि बढ्ने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै उहाँले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताउनुभयो ।

सो ऐन अघि बढाउन मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको मन्त्री पौडेलले जानकारी दिनुभयो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीलाई पुनःगठित र पुनःजीवित गर्ने सङ्कल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अन्य पार्टीभित्र नेतृत्वको झगडा भए पनि हामीमा त्यस्तो छैन, अध्यक्ष प्रचण्डको नेतृत्वमा नै देशको प्रमुख पार्टी बनाउने सङ्कल्प गरेर अघि बढेका छौँ, विसं २०६४ कै अवस्थामा पार्टीलाई पु¥याउँछौँ ।” माओवादीको आगामी राष्ट्रिय सम्मेलनपछि देश निर्माणको वैचारिक नीति, दार्शनिक दृष्टिकोण र सशक्त नेतृत्व निर्माण गरेर अगुवाइ गरिने जनाउँदै पौडेलले सम्मेलनसम्म पार्टी पुनःगठनको प्रारम्भिक प्रक्रिया चल्ने बताउनुभयो । अहिलेको संयुक्त सरकारसमेत पार्टी निर्माणमा सहयोगी भूमिकामा रहने उल्लेख गर्दै उहाँले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मसँगै लिएर जाने योजना रहेको स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद यशोधा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका सहअध्यक्ष मोहनमान स्वाँर, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीका संयोजक रुद्र गौतम, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती गण्डकीका अध्यक्ष कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका संयोजक तारानाथ सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu