ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो– ऊर्जामन्त्री भुसाल


एबीसी / संवाददाता
१८ कार्तिक २०७८, बिहिबार   ३ : ५६   बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताउनुभएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उहाँले भन्नुभयो, “जनताको आकाङ्क्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन बनेको हो ।”

ललितपुरको ठेचोमा आज आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पार्नुभयो ।

आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्नुपर्छ, सोहीअनुसार काम भइरहेको छ ।”विसं २०७२ को भूकम्पले क्षति पु¥याएका मठमन्दिरहरू जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएका बताउँदै मन्त्री भुसालले भन्नुभयो, “बाँकी रहेका सम्पदा निर्माणमा चाँडै सम्पन्न हुनेछन् ।” उहाँले कोभिडका कारण स्रोत र साधन अन्यत्र लैजानुपरेको तथा काम सम्पन्न गर्न ढिलाइ भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले ललितपुरको कला संस्कृतिलाई संरक्षणमा आफूले निरन्तर प्रयास गरिरहेको र आगामी दिनमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।ललितपर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताको आकाङ्क्षाअनुसार नै सम्पदाको पुनःनिर्माणका भइरहेको बताउनुभयो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले रु ५० लाखको अक्षयकोष स्थापना भएसँगै यहाँको देवी जात्रा एवं पूजापाठका लागि कुनै पनि समस्या नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu