ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम समेत खुम्चियो


एबीसी / संवाददाता
२२ कार्तिक २०७८, सोमबार   ५ : ३८   बजे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ ।
कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अङ्कले बढेको छ । त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अङ्कले घटेको छ । कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो ।
त्यस्तै, नबिल बैंक रु ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्स रु २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर रु १४ करोड आठ लाख ४० हजार ४२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, महालक्ष्मी विकास बैंैकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । उता, सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu