ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भर– मन्त्री बराल


एबीसी / संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार   ४ : ४८   बजे

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताउनुभएको छ ।

बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताउनुभएको हो । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि सहकार्य, समन्वय र सहअस्तित्व हुन नसक्दा धेरै योजनाहरुमा एकरुपता आउन नसकेको उल्लेख गर्नुभयो ।

आत्मनिर्भर बन्नका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उहाँले उत्पादनलाई विशिष्टीकृत गर्नुपर्नेमा जोड दिनुभयो । माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले ताराखोला गाउँपालिका जनयुद्धको जननी भएको बताउँदै आगामी निर्वाचनमा जनताको मन जित्ने गरी योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाले निर्माण हुँदै गरेको प्रशासनिक भवन, बहुउद्देश्यीय भवन, सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu