ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा पदका लागि प्रतिस्पर्धा


एबीसी / संवाददाता
३० कार्तिक २०७८, मंगलबार   ३ : २१   बजे

सुदूरपश्चिम । नेपाली कांग्रेस र नेकपा एमालेको आसन्न राष्ट्रिय महधिवेशन हुने मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा नेता कार्यकर्ताहरुबीच पार्टीमा विभिन्न पदका लागि प्रतिस्पर्धा चल्न थालेको छ । आसन्न राष्ट्रिय महाधिवेशनका लागि जिल्लामा कांग्रेसको वडा तहदेखिको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुुरु भएसँगै पार्टीका विभिन्न पदका आकाङ्क्षी नेता कार्यकर्ताहरुको रस्साकस्सी चल्न थालेको हो ।

कैलालीमा कांग्रेसको वडा तहको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया तीन दिनअघि मात्र सुरु भएको छ । क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशन हुन सकेको थिएन । वडा अधिवेशन सकिएपछि आज कांग्रेसको पालिका तहमा अधिवेशन हुँदैछ । वडा तहको अधिवेशनवाट कांग्रेसको क्षेत्रीय प्रतिनिधि र वडाका पदाधिकारी निर्वाचित भएका छन् । एमालेको प्रतिनिधि छनोटको कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी बहन गरिसकेका केही नेताहरु वडा तहको अधिवेशनका क्रममा भएको निर्वाचनवाटै पराजित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढी नगर कार्यसमितिको सभापति पदका लागि युवा नेता एवं समाजसेवी यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यस्तै कैलाली निर्वाचन क्षेत्र ५९धनगढी क्षेत्र०को क्षेत्रीय सभापति पदका लागि अर्का युवानेता भीम पडालले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । आकाङ्क्षीहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहँदा पार्टीको आन्तरिक चुनावी माहोल एकाएक तातेको छ । योसँगै आकाङ्क्षीहरु पार्टीका मतदातालाई रिझाउने कसरतमा जुटेका देखिन्छन् ।

जिल्लाभरि नै अधिकांश वडामा सर्वसम्मत र थोरै वडामा मात्र मतदानको प्रक्रियाद्वारा वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनोटको काम सकिएको कांग्रेसका प्रचार संयोजक नृप सुनारले जानकारी दिनुभयो । जिल्ला, नगर, प्रदेश र केन्द्रको विभिन्न तहका पदका आकाङ्क्षी हुनेलाई वडा तहमै पराजित हुने नेता कार्यकर्तावाट हुन सक्ने घात अन्तर्घातको चुनौती देखिन सक्ने आङकलन एकथरी कार्यकर्ताको छ । जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी लगायतका नेता आकाङ्क्षी देखिएको चर्चा छ । यस्तै जिल्ला सचिवका लागि केशव मिश्र, विनय लामा, लक्ष्मण शाही, अमृत बिसी र नृप सुनार लगायतको नाम चर्चामा छ ।

कैलाली जिल्लामा हुने पार्टीको अधिवेशन तथा प्रतिनिधि छनोटले सम्बन्धित दलको केन्द्रीय महाधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा पार्टीका नेता कार्यकर्ताको यो जिल्लाको अधिवेशनप्रति बढी चासो देखिने गरेको छ । केन्द्रमा सहभागी हुन पाउने प्रतिनिधिको सङ्ख्या बढी हुने हुँदा कैलाली जिल्लातर्फ पार्टीका नेता कार्यकर्ताको चासो बढ्नु स्वाभाविक रहेको जिल्ला सभापतिका आकाङ्क्षी नारायणदत्त भट्ट बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेशका बाँकी आठ जिल्लामा भने कांग्रेसको वडा तहको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनका लागि कैलालीबाट प्रतिनिधि छनोटको कार्य अन्तिम चरणमा पुगेको एमाले जिल्ला कार्यसमिति सदस्य एवं युवानेता चुडामणि भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्र १ र ५ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको काम पूरा भइसकेको छ, क्षेत्र नं २ र ३ मा टुङ्गिन बाँकी रहेको छ ।”

क्षेत्र नं ४ बाट महिला प्रतिनिधि सर्वसम्मत रुपमा र पुरुष प्रतिनिधि मतदानको प्रक्रियाद्वारा छनोट गरिएको छ । पार्टीका सङ्गठित सदस्य सङ्ख्याका आधारमा एमालले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको जनाइएको छ । प्रतिनिधिका आकाङ्क्षी कतिपय एमालेका जिल्ला स्तरका नेताले भने प्रतिनिधि छनोटको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । एमालेका मिठु कुँवर, शम्भु कुवँर, तारा कलेल लगायतका आकाङ्क्षीले प्रतिनिधि छनोट अप्रजातान्तिक भएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाउनु भएको हो । यद्यपि एमालेको जिल्ला नेतृत्वले भने प्रतिनिधि छनोटमा देखिएको असन्तुष्टिलाई सामान्य रुपमा लिएको छ । एमालेका एक नेताले भन्नुभयो, “ठूलो पार्टीमा यस्तो असन्तुष्टि देखिनुलाई सामान्य मान्नु पर्छ, विवाद बिस्तारै हराउँदै जान्छ ।” सो पार्टीले जिल्लाभरिबाट ३९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group