काठमाडौं, २२ पुस । केही दिनदेखि अस्वस्थ्य भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । डाक्टरको सल्लाह बमोजिम उनि घर बाहिर भने निस्केका छैनन् ।
घरमै बसेर माओवादीसँगको पार्टी एकताबारे आन्तरिक छलफल तीव्र बनाएका छन् । स्वास्थ्यमा सुधार हुँदै गएपछि ओलीले निवासमै बसेर नेताहरुसँग छलफल अघि बढाउनुभएको छ । पार्टी एकताको खाकाबारे उनले केही दिनदेखि आफूनिकट नेताहरुसँग छलफल गरिरहेको उनको निजी सचिवालयले जनाएको छ । ओलीले शुक्रबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
डाक्टरका अनुसार उनलाई झाडापखाला भएको थियो । औषधि खाएपछि स्वास्थ्यमा सुधार भएको छ । तर मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओली अर्को हप्ता त्यसतर्फ जाँदै छन् । अर्को हप्ता जाने भनेपनि मिति तय भैनसकेको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्