ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाको निर्वाचन मिति तोकेसंगै के गर्दै छ त निर्वाचन आयोग ?


एबीसी न्यूज
२२ पुस २०७४, शनिबार   १२ : २५   बजे

काठमाडौँ, २२ पुस ।मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न गरे सगै प्रतिनिधी सभाको समानुपातीक तर्फको नतिजा सार्वजनिक नगरेको निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी शुरु गरेको छ । भोलीसम्म चुनावको कार्यतालिका सार्वजनिक गर्नेगरी आयोगले आजैदेखि तयारी थालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सरकारले शुक्रबार राष्ट्रिय सभा निर्वाचनको मिति २४ गतेकालागि तोकेपछि आयोगले आफ्नो तयारी अगाडि बढाएको हो । दल दर्ताका लागि पुस १३ गते नै १५ दिने सूचना जारी गरिसकेको आयोगले कार्यतालिका सार्वजनिक गरिसकेपछि सोही अनुसार काम गर्दै जाने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण प्रक्रिया पनि अन्य निर्वाचन जस्तै भएकाले आयोगले तालिका बनाएरै काम गर्नेछ ।
कार्यतालिका प्रकाशित भएपछि मतदाता नामावली संकलन, निर्वाचन अधिकृतको नियुक्ती, चुनावमा भाग लिने दलहरुसँग आधिकारिक हस्ताक्षर माग, मतदाता शिक्षा कार्यक्रम संचालन, उम्मेदवारी दर्ता लगायतका गतिविधि गर्दै जाने प्रवक्ता ढकालले बताए । एकल संक्रमणीय मत प्रणालीका आधारमा गरिने निर्वाचनमार्फत राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।

एकल संक्रमणीय प्रणालीमा एउटा उम्मेदवारले प्राप्त गरेको बिजयी हुन आवश्यक भन्दा बढी मत अर्को उम्मेदवारमा सर्दै जान्छ । प्रत्येक प्रदेशमा हुने निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख गरी १५ सय ६ जना र ३ सय ३० जना प्रदेश सांसदले भोट हाल्न पाउनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । स्थानीय तहका प्रमुखरउपप्रमुखको एक जना बराबर १८ र प्रदेश सांसदको एक जना बराबर ४८ मत गणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Tommy John, Pitcher Who Lent His Name to Pioneering Elbow Surgery, Dies at 83

Kushner Holds Talks With Hamas Leaders In Egypt Amid Gaza Plan Push

Miami Voters to Decide Fate of Historic Marine Stadium

California Congressman Switches Parties After Democrats Redraw District Maps

Dueling Messages on ICE Highlight Democratic Divisions

Lebanon’s Economic Crisis Worsens Amid Israeli Attacks on Farmland

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu