ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छ– अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
८ मंसिर २०७८, बुधबार   ३ : १९   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताउनुभएको हो । अध्यक्ष दाहालले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताउनुभयो । “न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो”, उहाँले भन्नुभयो, “न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।”

अध्यक्ष दाहालले सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभइ पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइएको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावामा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइएको भ्रम अन्त्य भएको छ ।’’ अध्यक्ष दाहालले अमेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको छु, यसको विषयमा उठेको प्रश्नको सही जवाफ चाहिएको छ भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले अहिले नै सरकार यताउता गर्ने भन्ने कुरा नभएको बताउनुभयो । उहाँले आज कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu