ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसको प्रदेश नं १ को अधिवेशन मङ्सिर १६ मा हुने


एबीसी / संवाददाता
८ मंसिर २०७८, बुधबार   ५ : ४८   बजे

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन यही मङ्सिर १६ गते हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस प्रदेश नं १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले कांग्रेस प्रदेश नं १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुने निर्णय भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

संयोजक कृष्णप्रसाद सिटौलाले अधिवेशनका लागि आवासलगायत सबै व्यवस्थापनको जिम्मा कांग्रेस मोरङ समितिको रहने, अधिवेशन सम्पन्न गर्न कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक, भीम पराजुली सहसंयोक र केन्द्रीय सदस्य अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ समिति गठन भएको छ । अधिवेशनको प्रचारका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र सुनसरीका अजित झा छन् ।

कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नं १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७०० महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्य साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका मतदात हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रदेश अधिवेशन बनाइएको आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा संसदीय दलका नेता, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सदस्य रहने व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा अधिवेशन प्रचार समितिका संयोजक राजीव कोइरालाले कांग्रेस संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयतामा पार्टी प्रवेश गर्न लागेको यो ऐतिहासिक अधिवेशन भव्य र सभ्यरुपमा सफल बनाउन सञ्चारकर्मीले प्रचारप्रसार सहयोग पु¥याई दिन आग्रह गर्नुभयो । कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले आफूले जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै यो अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group