शुभ नारायण कामती
सिराहा, २२ पौष । सिरहाको बिष्णुपुर गाउँपालिकाले ३ सय घरका बिपन्न गरिब घर परिबारलाई शनिबार एक कार्यक्रमका बिच कम्बल बितरण गरेको छ । केहि दिन देखि बढीरहेको चिसोका कारणले गरिब घर परिबारलाई राहत स्वरुप गाउँपालिका प्रमुख जागेश्वर यादबले कम्बल बितरण गरेको छ ।
गाउँपालिकामा रहेको ५ वटै वाडामा रहेको ७५ वर्ष नाघेको बुद्धा, दलित, अपाङ्ग, सुत्केरी महिला र असहाय बालबालिका (विपन्न व्यक्तिहरु) लगायत करिब ३०० घर परिबारलाई कम्बल बितरण गरेको र सोही गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयल बिष्णुपुर लगायतकालाई समेत बितरण गरेको अध्यक्ष यादवले जानकारी गराएका छन् । यसरी आफुहरूले जाडोमा बाच्नका लागि पहिलो पटक कम्बल पाएकोले आफु निकै खुसिभएको झौली महतोले बताए ।
आफुहरूलाई राहतको थप सामग्रिहरू उपलब्ध गराइदिनहुन उनिहरुले अध्यक्ष यादवलाई आग्रह समेत गर्नुभयो । उक्त वितरण कार्यक्रम बिष्णुपुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जागेश्वर यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादवको प्रमुख आतिथ्य तथा ५ वटै वडाका नवनिर्वाचित वडा अध्यक्ष लगायत इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज विश्वनाथ महतो, स्थानीय बुद्धिजिवी, समाजसेवी, पत्रकारहरुको उपस्थितमा कम्बल वितरण गरिएको बिष्णुपुर गाउँपालिकाका कार्यकारी अधिकृत राम प्रमोद यादवले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्