रुपन्देही,२२ पुस । एमालेका उपमहासचिब घनश्याम भुसालले स्थिर सरकारका लागि वामगठबन्धनलाई जनताले भोट दिएको बताएका छन् ।
रुपन्देहीको मणिग्राममा शनिबार आयोजीत कार्यक्रममा बोल्दै स्थिर सरकार दिन सकेन भने वामगठबन्धन माथी जनताले प्रश्न उठाउने बताउँदै स्थिर सरकार बिना देशको सम्वृद्धि संभब नभएको बताए ।
आफनै पार्टी भित्र राजनैतिक अर्थशास्त्र पढाउनु परिरहेको भन्दै उनले उत्पादन बिना राष्ट्रको बिकास नहुने बताए।
प्रतिक्रिया दिनुहोस्