रुपन्देही, २२ पुस ।एमालेका युवा नेता तथा काठ ब्यवसायी बसन्त पौडेलको हत्याका विरुद्ध युवा संघले गरेको बन्द र हड्तालको आन्दोलन बेलुका ७ बजदेखि भोलि बिहान ७ बजेसम्मका लागि स्थगन गरिएको छ । बन्द आह्वान पहिलेनै हिंडेका र सडकमा रोकिएका गाडीहरु वारपार गराउन बन्द स्थगन गरिएको बन्दकर्ताहरुले बताएका छन् ।
आइतबार बिहान ११ बजे बुटवलमा सामाजिक संघ संस्थाहरुको आयोजनामा हत्याका विरुद्धमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिएका छन् ।
बन्द आयोजक युवा संघ रुपन्देहीका अध्यक्ष नहकुल शाहीले आन्दोलनको कार्यक्रम जारी रहेको बताए । शुक्रबारदेखि रोकिएका सवारीसाधनहरुलाई गन्तव्यमा जानका लागि शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्मका लागि मात्र बन्दका कार्यक्रमहरु स्थगित गरिएको शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्