ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैविक विविधतायुक्त प्राकृतिक सम्पदाबारे खोज, अनुसन्धान गर्न विश्वविद्यालयलाई आग्रह


एबीसी / संवाददाता
१७ मंसिर २०७८, शुक्रबार   ६ : ५७   बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशको जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनालाई पहिल्याएर खोज अनुसन्धान गर्न सुदूरपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सहकुलपतिसमेत रहनुभएका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकता र मागअनुसारको अनुसन्धानमुखी शिक्षा सर्वसुलभरुपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ ।’आजको प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विविध क्षेत्रमा अग्रणीस्थान हासिल गर्न सफल भएको बताउँदै उहाँले थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

उहाँले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्वविद्यालयले उपलब्ध सीमित स्रोत साधन एवम् प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठन पाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताउनुभयो । विश्वविद्यालयको समृद्धि एवम् सफलताका लागि प्रशासनिक तथा सांगठनिकरुपमा सबल नेतृत्व, पारदर्शीता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group