ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक ३२ अङ्कले उकालो लाग्यो


एबीसी / संवाददाता
२० मंसिर २०७८, सोमबार   ६ : ३३   बजे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ । आइतबार नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले उकालो लागेर ४८०.९७ मा पुगेको छ । कूल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर रु चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ मूल्यमा खरिद बिक्री भए । नेप्सेमा देखिएको वृद्धिलाई कारोबार रकमले भने पछ्याएको देखिएन ।

कारोबार भएका १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १३, व्यापार ३.८८, होटेल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत् ८२.५३, वित्त ५७.८७, निर्जीवन बीमा २६.०९, उत्पादन ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, जीवन बीमा १२३.२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६८ अङ्कले बढेको छ । सोमबार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १५ लाख ९३ हजार १२८ बराबरको कारोबार भयो । यस्तै, नेसनल हाइड्रोपावर रु १५ करोड ३२ लाख १५ हजार ३८५, हिमालयन डिस्टिलरी रु १४ करोड ९७ लाख १२ हजार ४३५, महालक्ष्मी विकाु बैंक रु १४ करोड ४५ लाख चार हजार ६२८ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ९२ लाख ६१ हजार १९३ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार आजको कारोबारमा मेरो माइक्रोफाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९.५५, साहस ऊर्जा ८.१७, माहुली सामुदायिक लघुुवित्त ७.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए । त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ६.८८, न्यादी हाइड्रोपावर ४.७१, युनिलिभर नेपाल २.६५, एनएमबी पचास १.९६ र सबैको लघुवित्तका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu