ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री भुसाल


एबीसी / संवाददाता
२५ मंसिर २०७८, शनिबार   ४ : ०१   बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । “सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पूँजी यसतर्फ लगाउनुपर्छ ।” साधारणसभामा शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेश हुने र उक्त प्रस्ताव परित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ, यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उहाँले भन्नुभयो, “नेपालको बिजुली सस्तो छ, हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ । यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ ।”एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले विद्युत्को महसुल घटाएको जानकारी दिँदै उहाँले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गर्नुभयो ।

सरकारले यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी विद्युत्को महसुल घटाएको छ । त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ । “नेपाल आयल निगमले एलपी ग्यासमा रु ७५८ नोक्सान व्यहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढै छ”, मन्त्री भुसालले भन्नुभयो, “ग्यासको मूल्य जति बढ्छ, बढ्न दिउँ, हामीले हाम्रो ठाउँबाट सिलिण्डर विस्थापित गरेर विद्युतीय चुल्हो भित्र्याउँ ।”

निमगले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक रु चार अर्ब बढी नोक्सानी व्यहोर्दै आएको छ । एलपी ग्यासमा मात्रै निगमले मासिक साढे दुई अर्ब बढी नोक्सानी व्यहोरेको छ । पेट्रोलियम सवारी साधनको सट्टा विद्युतीय सवारी खरिद गर्न पनि आग्रह गर्नुभयो । सो सहकारी संस्थामा ९०२ पुरुष र ५२५ महिला गरी एक हजार ४२७ शेयर सदस्य रहेका छन् । सहकारीले आव २०७७÷०७८ मा रु १० लाख ६६ हजार ५०० मुनाफा आर्जन गरेको थियो । सहकारीले गत आवमा रु सात लाख ८३ हजार ४०० ले शेयर पूँजी वृद्धि गरी रु एक करोड ४६ लाख ५४ हजार ३०० पु¥याएको छ । सो सहकारीले गत आवमा रु २९ करोड २५ लाख ९९ हजार ५७० निक्षेप सङ्कलन तथा रु १० करोड ३९ लाख ४० हजार ७२२ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group