ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा २ हजार बढी बिरामी, ४ सय बिरामीको उपचार


admin
२३ पुस २०७४, आइतबार   ८ : ५३   बजे
जाजरकोट, २३ पुस । जुनीचा“दे गाउपालिकामा आइतवारसम्म ४ सय भाईरलका विरामीको उपचार भएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटीएको स्वास्थ्यकर्मीको टोलीले उक्त विरामीको उपचार गरेको हो ।
टोलीले जुनीचा“दे १ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र ३ को स्या“लामा गरी आइतबार मात्र २ सय ५० विरामीको उपचार गरेको छ । जुनीचा“देमा दुई साता देखि भाईरल फैलिएको थियो । रोग प्रभावित गाउमा २ हजार बढी विरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आ“खा रातो हुने, घा“टी दुख्ने लगाएत समस्याका विरामीको संख्या बढी भएको डा. पवन शाक्यले बताए । रुघाखोकी र ज्वरोबाट बृद्धबृद्धा र ५ बर्ष मुनिका बालबालिका बढी प्रभावित भएको डा शाक्यले बताए । जुनीचा“देमा फैलिएको भाईरल जटील खालको नभएको र सिकिस्त विरामी पनि फेला नपरेको उनले बताए ।
भाईरल नियन्त्रणमा ल्याउन समस्या पनि नभएको उनले बताए । जुनीचा“देमा अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउने लगाएत समस्याका विरामी घरघरमै रहेको उनले बताए । जाडोका कारण अन्य उच्च भुभागमा पनि भाईरलका विरामी बढ्ने खतरा देखिएको उनले बताए । स्वास्थ्य कार्यालयले घुम्ती शिविर संचालन गरेमा र विरामीले चिसोबाट बच्न न्यानो कपडा लगाउने तथा तातो खानेकुरा खाने गरे भाईरल नियन्त्रणमा आउने उनको भनाई छ । डा. शाक्य सहित ९ जना स्वास्थ्यकर्मीको टोली औषधी सहित रोग प्रभावित गाउका घर घरमा पुगेर विरामीको उपचार सेवा शुरु गरेको छ ।
रोग प्रभावित क्षेत्रमा संचारको असुविधाले स्वास्थ्यकर्मीलाई विरामीको उपचारमा थप समस्या भएको छ । भौगोलिक विकटता भएको ठाउमा टेलिफोन सुविधा समेत नहु“दा सम्बन्धित निकायस“ग सम्पर्क गर्न समस्या भएको डा. शाक्यले बताए । नियमित टेलिफोन नहु“दा जिल्ला स्वास्थ्य लगाएत निकायस“ग सम्पर्क विछेच्द भएको उनले बताए । जुनीचा“देमा साता अघि भाइरलका कारण ४ बृद्धबृद्धा र ५ जना बालबालिका मृत्यु भैसकेको छ ।
जुनीचा“देको जुनी, चा“दे, काप्रा, बड्कुले, कार्कीगाउ, स्या“ला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमा लगाएत गाउमा रुघाखोकी र ज्वरोका विरामी रहेको डा शाक्यले बताए । रोग प्रभावित क्षेत्रमा सेनाको टोली जाजरकोट सदरमुकामवाट आज नेपाली सेनाको टोली समेत परिचालित भएको छ । भोली सम्म सेनाको टाली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला स्वास्थ्य प्रमूख रामवहादुर नेपालीले वताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group