सुनवल, पश्चिम नवलपरासी सुनवल नगरपालिका ७ सिसाहानीमा निशुल्क स्वास्थ्य एवम् आँखा शिविर सञ्चालन हुने भएको छ ।
यही माघ ८ गते सिसाहानिमा शिविर सञ्चालन हुने साथी फार्मेसीका सञ्चालक केशव गैरेले जानकारी दिए । सुनवल क्षेत्रमा स्वास्थ्यको समस्या भएका नागरिकलाई मध्यनजर गरेर स्वास्थ्य शिविरको आयोजना गर्न लागेको उनले बताए ।
शिविरमा पुरा शरीर परीक्षण तथा आँखाका बिरामीहरूको चेकजाँच गरिने छ भने उनीहरूलाई आवश्यकता अनुसारको औषधि निशुल्क वितरण गरिने फार्मेसीस्ट गोविन्द अर्यालले जानकारी दिए । अर्यालका अनुसार वडा ७ नजिक कारखाना भएका कारण कारखानामा कार्यरत कर्मचारी र अन्य नागरिकलाई विभिन्न स्वास्थ्यका बारेमा सचेत गराउने र समस्या भएकाहरूको उपचारमा पहुँच पुर्याउने उद्देश्यले शिविरको आयोजना गर्ने तयारी भएको हो ।
मानसिक स्वास्थ्यलाई त्यति ध्यान नदिँदा विभिन्न खालका समस्याहरू आइरहेकाले ती समस्याहरूको समाधानका लागि शिविरले सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्