काठमाडौं २५ पुस । बहुचर्चित पक्राउ प्रकरण बन्न पुगेको गोन्दि केसीको बयान अदालता लगेको साढे ४ घण्टापछि सुरु भएको छ । बिहान ८ बजेर ४० मिनेटमा सर्वोच्च अदालतमा लगिएका डा गोविन्द केसीसँग केही बेर अघि १ बजेर २० मिनेटमा बल्ल बयान लिन सुरु गरिएको छ।
केसी पक्षका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनलाई २ नम्बर इजलास कक्षमा बल्ल बयान लिन सुरु गरिएको छ ।
केसीको मुद्दाका लागि २ नम्बर इजलासमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलास तोकिएको छ ।
केसी पक्राउ प्रकरणको नागरिक समाजबाट व्यापक विरोध भएको छ ।
प्रतिक्रिया दिनुहोस्