हेमन्त के सी
जाजरकोट , २५ पुस । जाजरकोटको जुनीचाँदे ३ मा भाईरलका कारण थप एक जनाको मंगलवार विहान मृत्यु भएकोे छ ।
जुनीचाँदे गाउँपालिका ३ का का ५८ वर्षीय लालवहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णवहादुर खत्रीले जानकारी दिए। मृतक भण्डारी तीन दिन देखि विरामी रहेका थिए । अहिले जुनीचाँदे गाउपालिकाको विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरि उपचार कार्य समेत जारी रहेको खत्रीले जानकारी दिए ।
यो सहित मृत्यु हुँनेको संख्य १२ पुगेको छ । वालवालिका र वृद्धलाई भाईरलले निकै सताएको छ ।
प्रतिक्रिया दिनुहोस्