काठमाडौँ, २५ पुस । डा. गोविन्द केसीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ । सर्वोच्च अदालतमा आज केसीको बयान सकिएपछि केसीलाई अस्पताल लगिएको हो ।
अदालतको मानहानी मुद्दामा डा. केसीलाई प्रहरीले हिजो पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । अदालतले डा. केसीसँग आज बयान लिएको हो । अदालतले केसीको बयानको आधारमा भोलि बहस गर्ने भएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए । लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो ।
प्रतिक्रिया दिनुहोस्