ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको आग्रह प्रचण्ड र नेपालद्वारा अस्वीकार


एबीसी / संवाददाता
३ फाल्गुन २०७८, मंगलबार   ३ : १३   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच आज बिहान एमसीसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको हो । छलफलमा प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी पेश गर्ने बताएपनि प्रचण्ड र नेपालले भने केही समय पर्खिन आग्रह गरेको नेताहरुले बताएका छन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि लगाइएको महाभियोगबारे समेत छलफल भएको थियो । आजै बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ ।

संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

अवरूद्ध प्रतिनिधिसभा बैठक सुचारू र एमसीसीलाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकपछि सभामुख सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना ९एमसीसी० संसदमा टेबल हुन नरोक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu