काठमाडौं, २६ पुस । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई प्रहरीले विहानै सर्वोच्च अदालत पुर्याएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएको थियो । तर, अनसनमा रहेको भन्दै केसीले औषधि खान मानेनन् ।
बुधबार विहानै प्रहरी टोलीले डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।
उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । डा.केसीसँग मंगलबार नै बयान भइसकेको छ ।
बयान भने न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्