काठमाडौं । मंगलबार सुधारको संकेत देखिएको शेयर बजारमा बुधबार पुनः दोहोरो अंकको गिरावट आयो ।
कारोबार समेत ३ अर्बमै खुम्चियो । उतार चढावबीच बजार परिसूचक १९ अंकले ओरालो लागेर २७ सय ३४ मा आएर थामियो । बुधबार पनि सुरुवाती समयमा नेप्से उकालो लागेर २७ सय ७० सम्म पुगेर झरेको हो । बुधबार अन्य र जीवन बीमा समूह सामान्य अंकले सकारात्मक रहे भने बाँकी अरु सबै समूह ओरालो लागे । बुधबार निर्जीबन बीमा, उत्पादनमूलक, विकास बैंक र जलविद्युत समूहमा सय अंक हाराहारीको गिरावट आउँदा अरु अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहे ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ५६ लाख ५२ हजार कित्ता शेयर जम्मा ३ अर्ब २ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार १ सय ५४ कम्पनीको शेयर मूल्य घट्दा ३२ को बढ्यो भने ५ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्