काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताउनु भएको छ । बिहीवार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरुले गठबन्धनलाई बचाउन जोड दिएको बताउनु भएको हो ।
‘सत्तारुढ गठबन्धनको बैठकको तयारीको रुपमा भेटघाट गरेका हौं। तीन दललाई कसरी बचाउने भनेर लागेका छैनौँ। ५ दललाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसीसीलाई कसरी निकास दिने भन्ने कुरा हो’ प्रचण्डले भन्नुभयो ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्