काठमाडौँ, ६ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेर रु. ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९६ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु. ९५ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले वृद्धि भएर रु. एक हजार ३०५ कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९१ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्