ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि एमसीसी पेश गरियो : केपी ओली


एबीसी / संवाददाता
८ फाल्गुन २०७८, आइतबार   ६ : ११   बजे

काठमाडौँ, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गर्नुभएका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको बताउनुभयो । ‘दुई-दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको चलखेलको केन्द्र बन्यो, नेपाल । विदेशीहरुले नेपालको विषयलाई लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झडपको अवस्था भएपछि बल्ल ल्याइयो’, ओलीको भनाइ उधृत गर्दै एक सांसदले भने । ओलीले आफू भने द्वन्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गर्नुभयो । ‘हामी द्वन्द्व बढाउने पक्षमा छैनौं । शान्तिपूर्ण निकासको पक्षमा छौं’, ओलीको भनाइ उदृत गर्दै ती सांसदले भने । तर हाल एमाले संसदीय प्रक्रियाबाटै बिमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको ओलीले बताउनुभयो । ‘यदि संसदीय प्रक्रियामा हामीले भाग लिन पायौं भने हाम्रो एउटा स्ट्याण्ड हुन्छ’, ओलीले भन्नु भएको थियो । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुँदा एमालेले नाराबाजी र संसद् अवरोधलाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu