काठमाडौं,२६ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ दिन भित्र पार्टी एक बैंककबाट फर्किए लगतै पार्टी एकताले गति लिने बताएका छन् ।बैंकक उड्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले उक्त कुरा बताएका हुन ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक गएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्