ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी लडाकु ट्याङ्क युक्रेनको राजधानीबाट २० माइल नजिकै आइपुगे : युक्रेनको एक टापु कब्जा


एबीसी / संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार   १२ : ०६   बजे

काठमाडौं, १३ फागुन ।  रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ । युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरिएको बताएको हो ।

‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ । ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको पनि बलले जानकारी गराएको छ ।रुसी सेनाले कब्जा गरेको स्नेक आइल्याण्डको सीमाना रोमानियासँग जोडिएको छ । यता रुसी सेनाले युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ ।युक्रेनको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगमा रुसले प्रहार गरेको एक क्षेप्यास्त्र आकाशमै ध्वस्त पारेको बताएको छ । तर एउटा क्षेप्यास्त्र भने आवासीय भवनमा खसेको सरकारको भनाइ छ ।त्यस्तै, एसयू(१७ नामक आफ्नो लडाकु विमान खसालिएको पनि युक्रेनले दाबी गरेको छ ।यसैबीच, रुसी सेनाका लडाकु ट्याङ्क किभतर्फ अगाडि बढिरहेको बेलायती समाचार माध्यमले जनाएका छन् । डेली मेलका अनुसार रुसी ट्याङ्क राजधानी किभबाट २० टाढा मात्रै रहेका छन् ।

पछिल्ला विवरण सुन्दा निकै शक्तिशाली रुसी सेनाविरुद्ध युक्रेनको सेना निरीह जस्तै बनेको छ । किनभने त्यहाँ केबल १२५ वटा मात्रै युद्ध गर्न सक्ने विमान छन् जबकि रुसँग १५ सयभन्दा बढी लडाकु विमान छन् । यही कारण अमेरिकी अधिकारीले आइतबारसम्म राजधानी किभ रुसको कब्जामा आउने चेतावनी दिइसकेका छन् ।महाशक्तिविरुद्ध आफूलाई एक्लै छोडिएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकलाई ‘कायर’ को संज्ञा दिएका छन् । उनले रुसी हमलाको पहिलो दिन मारिएका १३७ जनालाई ‘हिरो’ भन्दै आफू अन्तिमसम्म राजधानीमै बस्ने बताइसकेका छन् ।‘उनीहरूले मानिसहरूलाई मारिरहेका छन् र शान्त सहरलाई सैन्य निशाना बनाइरहेका छन्’ जेलेन्स्कीले एक भिडियो सन्देशमा भने, ‘यो गलत हो र यसलाई कहिल्यै क्षमा गरिने छैन ।’‘हामीलाई हाम्रो राष्ट्रको सुरक्षा गर्न एक्दै छाडिएको छ’ उनले थपे, ‘हामीसँगै लड्न कोही तयार छ रु मैले त कोही पनि देख्दिनँ ।’युक्रेनलाई नेटो सदस्यता दिन सबै डराएको पनि जेलेन्स्कीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group