ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस सेन्ट–जर्मेन फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश


admin
२७ पुस २०७४, बिहिबार   २ : ०६   बजे

काठमाडौं, २७ पुस । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप अन्तर्गत गएराति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरे । एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४ औं मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि एमिएन्स १० खेलाडीमा सीमित भयो । यस्तै थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि ५३ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । त्यसमा नेइमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औं मिनेटमा राबिओट्ले हेड मार्फत गरे । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमारले पिएसजीबाट सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरिसकेका छन् । फ्रेन्च लिग कपमा उनको यो खेल डेब्यु थियो ।

नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । पिएसजीले लगातार चारपटक फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ । यो खेलमा एडिसन काभानी भने मैदान बाहिर थिए । पिएसजीले अब सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group