ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त


एबीसी / संवाददाता
१६ फाल्गुन २०७८, सोमबार   ९ : २०   बजे

काठमाडौं, फागुन १६ । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता९एमसीसी०का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजनक मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गर्नुभएको छ । “एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाह उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो”, गृहमन्त्रालयका प्रवक्तासमेत रहनुभएका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताउनुभयो ।

गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group