ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणकाजीलाई कटाक्ष गर्दै प्रचण्डले भने –वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ


एबीसी / संवाददाता
१६ फाल्गुन २०७८, सोमबार   ६ : २२   बजे

काठमाडौँ, १६ फागुन । आइतवार संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्ता साझेदार नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ।

एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरे। उनले नारायणकाजीतिर लक्षित गर्दै एमसीसीलाई लिएर धेरै भावुक नहुन भनेका छन्।

दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने पनि उल्लेख गरे। उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन्। १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेपछि नारायणकाजीले आइतवार साँझ नै नारायणकाजीले तीव्र असन्तुष्टि जनाएका छन्।

माओवादी केन्द्रको समेत समर्थनमा एमसीसी पास भएपछि उनले व्याख्यात्मक घोषणाका नाममा सुनियोजित भ्रम छरिएको बताएका थिए। अन्ततस् व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे, उनले भनेका थिए, आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।ु प्रचण्डको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका थिए। ुसम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔुं, उनले भनेका थिए, नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ। प्रचण्डले एमसीसी पास गर्ने निर्णय पार्टी बैठकमा लिएदेखि नै नारायणकाजी, गिरिराजमणि पोखरेलसहितका नेताहरुले असहमति जनाउँदै आएका थिए। तर सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन्।एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै प्रचण्डले नारायणकाजीको उक्त कदमप्रति रोष प्रकट गरेका छन्। प्रचण्डले असन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न भनेका छन्। आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि नारायणकाजीले नमानेको पनि प्रचण्डले बताएका छन्। ‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको हो, प्रचण्डले भने, जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ।’

प्रचण्डले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्ने भन्दै नारायणकाजीतिर कटाक्ष गरे। प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन्। उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, तर त्यस्तो हुँदैन। एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए। तर त्यस्तो हुँदैन राजनीतिमा।’ प्रचण्डले एमसीसीको विपक्षमा अभिव्यक्ति दिँदै आएका प्रमुख सचेतक एवम् नेता देव गुरुङ पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लागेको बताए। प्रचण्डले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यसैले निर्वाचन गराउने पनि बताएका छन्। उनले नारायणकाजीतिर लक्षित गर्दै मतभेद र विचार राख्ने अधिकार सबैलाई रहेको बताए। मतभेद राख्ने अधिकार हुन्छ। तपाईं पार्टीमा विचार राख्नुस् सम्मान गरिन्छ भनेको हो। केन्द्रीय समितिको बैठकमा राख्नुस् सम्मान गर्छु भनेकै हो। बाहिर चाहिँ नबोल्नुस् भनेको थिएँ, उनले भने, तर उहाँलाई यो भनेपछि सबै कार्यकर्ता मैतिर केन्द्रित हुन्छन् भन्ने लागेको छ। उहाँले त्यो नगर्नु राम्रो हुन्थ्यो।

उनले महाकाली सन्धिपछि एमालेका आधा केन्द्रीय सदस्य लिएर माले बनाएका वामदेवले नयाँ पार्टीमा केही गर्न नसकेको पनि सम्झिए। नारायणकाजीले पार्टीमा कुरा नराखी बाहिर बोलेको सन्दर्भमा प्रचण्डले वामदेवलाई सम्झिएका हुन्। महाकालीमा सन्धिमा राष्ट्रघात भयो भनेर एमालेका आधा केन्द्रीय कमिटी लिएर वामदेवजी जानु भयो उनले भने, तर भोट आयो शून्य, उहाँको पार्टीले एक सिट पनि जित्न सकेन। त्यसैले कोही सेन्टिमेन्टमा आउनु हुँदैन भन्ने हो। राजनीति भोलेन्टियर्स कर्म हो कोही कसैलाई जबर्जस्ती गर्नु हुँदैन। कसैलाई जबर्जस्ती बस भन्न पनि सकिँदैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group