ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

षड्यन्त्र नगर्न र गलत बाटोबाट फर्किन ओलीलाई आग्रहः अध्यक्ष नेपाल


एबीसी / संवाददाता
१७ फाल्गुन २०७८, मंगलबार   ३ : २५   बजे

काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि महाभियोग लगाइएको खुलासा गरेका छन् ।

उनले चोलेन्द्रको नामै नलिई फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए । उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए । ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो’, मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ रु थाहा पाइराख्नु पर्‍यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्‍यो । सूचना हामीकहाँ पठाउने पठाउने छन् कि ।’उनले षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन पनि ओलीलाई आग्रह गरे । उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए । फागुन १ गते सत्ता गठबन्धनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको थियो । सो महाभियोगसम्बन्धी विषय अहिले संसद्‍मा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu