ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह


एबीसी / संवाददाता
१७ फाल्गुन २०७८, मंगलबार   ४ : ३९   बजे

काठमाडौँ, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ ।
एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो ।

सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न आग्रह गर्नुभयो । एमसिसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उहाँको भनाइ थियो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले तत्काल ताजा जनादेशका लागि सरकार जानुपर्ने बताउँदै लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफल भएको बताउनुभयो । उहाँले लोकतन्त्रका लागि लड्दै आएको नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेसमेत बताउनुभयो । उहाँले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरणसमेत नबनाई एमालेलाई पाखा लगाउने काम भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसिसीको व्याख्यात्मक टिप्पणी भ्रमको खेती भएको आरोप लगाउनुभयो ।

एमसिसी सम्झौता इन्डो प्यासिफिक रणनीति (आइपिएस) को अङ्ग हो भनेर हल्ला चलाइएको तथा आफ्नो सरकारले संसद्मा पेस गरेर गल्ती गर्‍याे भनिएको प्रसंग उल्लेख गर्दै उहाँले तत्कालिन मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आइपिएसको अङ्ग बनाइयो भनेरसमेत हल्ला चलाइएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “अमेरिका भनिरहेको छ आइपिएसको अङ्ग होइन । अहिले उहाँहरु पनि भन्नुहुन्छ आइपिएसको अङ्ग होइन । व्याख्यात्मक घोषणामा पनि उनीहरुले होइन भनेका छन् । अनि ज्ञवालीले आइपिएसको अङ्ग बनाएको भनेर कोलाहल किन गरेको ?”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu