ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमण दर घटेपनि जोखिम कायमै रहेकाे छः स्वास्थ्य मन्त्रालय


एबीसी / संवाददाता
२२ फाल्गुन २०७८, आइतबार   ३ : २०   बजे

काठमाडाै, २२ फागुन । नेपाल सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको बताउनुभयो । उहाँले तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गर्नुभयो । अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझैपनि संक्रमणको जोखिम नटरेको उहाँले बताउनुभयो । डा. अधिकारीले संक्रमण कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीकहाँ पछिल्ला हप्ताहरुको संक्रमण दर, अस्पताल भर्नाको दर, कोभिड १९ संक्रमित भएर मृत्यु भएको तथ्यांक, यि सबै कुराहरु हेर्दा तुलनात्मक रुपमा सहज हुँदै गएको भन्न सकिन्छ । कोभिड १९ विरुद्धको खोप अभियान पनि तिव्र गतिमा अगाडी बढिरहेको, धेरै व्यक्तिहरुले खोप लगाउनुभएको, धेरै व्यक्तिहरु तेस्रो लहरमा कोभिड – १९ संक्रमण भएर रोग प्रतिरोधात्मक क्षमता आलै भएको अवस्थामा पनि रोग प्रतिरोधात्मक क्षमता समुदायस्तरमा धेरै भएर अलिकती सहज अवस्था आएको हुनसक्ने एउटा पाटोलाई हामीले लिनुपर्ने हुन्छ । अर्को, अहिलेपनि केही देशमा संक्रमण उकालो लागेको जस्तो देखिन थालेको छ । त्यसले गर्दा हामीले निगरानी एकदमै बढाउनुपर्ने, विश्वव्यापी रुपमा कोभिड – १९ विरुद्धको खोप लगाइराखेको अवस्थाहरुको तुलना गर्दा विशेषत्ः अफ्रिकी महादेशमा कोभिड – १९ विरुद्धको खोपको कभरेज एकदमै कम भएको अवस्थामा संक्रमण फैलिनेगरी त्यहाँ धेरै भइरहँदा नयाँ भेरियन्टहरु जन्मिनसक्ने र त्यसरी नयाँ भेरियन्ट आउँदाखेरी खोप लगाएको भएपनि, नलगाएको भएपनि, संक्रमणबाट मुक्त भएको भएपनि, नभएपनि त्यस्तो अवस्थामा संक्रमण फैलन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group