ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य बढाएपछि खाने तेलको निर्यात रोक्न छलफल


एबीसी / संवाददाता
२५ फाल्गुन २०७८, बुधबार   ५ : ५१   बजे

काठमाडौँ, २५ फागुन । नेपालबाट भारततर्फ निर्यात हुने खाने तेलको निर्यात रोक्न सरकारले छलफल थालेको छ । नेपालमा कृत्रिम अभाव सिर्जना गरेर तेल भारततर्फ निकासी भइरहेपछि निर्यातमा कडाइ गर्न खोजिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

स्वदेशको खपतभन्दा पनि उच्च मात्रामा नेपालमा तेल आयात भए पनि व्यवसायीले भारततर्फ निर्यात बढाएर कृत्रिम मूल्य वृद्धिको अवस्था सिर्जना गरेपछि निर्यात रोकेर आपूर्ति बढाउन खोजिएको मन्त्रालय उच्च स्रोतले बतायो । आपूर्तिको नियमअनुसार आपूर्ति बढ्दा मूल्य घट्ने र आपूर्ति घट्दा मूल्य बढ्नुपर्ने हो तर यहाँ त्यस्तो देखिएन,’ एक अधिकारीले भने ‘तेस्रो देशबाट आयात गरेर पुनः अर्को मुलुकमा किन पठाउने ?’ तेल उद्योगीले नेपालमा आफ्नो अनुकुलको मूल्य राखेर मात्रै तेल बजारमा पठाउने गरेको सरकारी ठहर छ । खाने तेलको निर्यात रोक्नेबारे कुराकानी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

केही दिनअघि तेल उत्पादकसँग विभागले यसबारे धारणा मागिएको विभागका एक अधिकारीले बताउनुभयाे । ‘प्रशस्त आयात गरेर पनि बजारमा उद्योगीले कार्टेलिङ गरेपछि नयाँ निर्णय लिन अध्ययन थालेका हौं, व्यवसायीले आफूहरुसँग मौज्दात नरहेको दावी गरेका छन्,’ विभाग स्रोतले भन्यो । चालु आवको ७ महिनासम्म नेपालमा १२ अर्ब ३८ करोडको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ तथा कच्चा तेल नेपाल भित्रिएको छ । यस्तै ३७ अर्ब ७० करोडको सोयबिन तेल भारतर्फ निर्यात भएको छ भने २ खर्ब ६३ करोडको सनफ्लावर तेल नेपालबाट निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group